बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध

आइतबार, ०८ जेठ २०७९, २१ : ४०
आइतबार, ०८ जेठ २०७९

रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । 

सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथा अल्पसङ्ख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै भूमेमा गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ सुनकुमारी रोका, विमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध भएका छन् । दलित तथा अल्पसङ्ख्यकतर्फ भागिलाल दमाई  र चेतबहादुर कामी निर्विरोध भएका छन् । 

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि चार महिला सदस्य गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध भएको निर्वाचन अधिकृत नारायण चापागाईंले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप