ad
x
समाचार

वीरगञ्जमा गठबन्धनका उम्मेदवार १६ हजार मतले अगाडि

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मत ल्याएका छन् । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ४७४ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १५ हजार ८९५ मतले सिंह अगाडी छन् ।


साथै उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार ५५९ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा लोसपाका झा भन्दा १७ हजार २६० मतले गठबन्धनका उम्मेदवार आलम अगाडी छन् । 



अव ३ वटा वडा मात्रै मतगणना बाँकी रहेकोले आलमको जित निश्चित जस्तै भइसकेको छ । आलम र झा पछि उपप्रमुखका स्वतन्त्र उम्मेदवार रम्भा झाले ३  हजार १६८ र राप्रपाकी उम्मेदवार बिना जैसवालले ४ हजार ३०९ मत प्राप्त गरेकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा अव ३ वटा वडा मात्रै गणना बाँकी रहेको जनाइएको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।