वीरगञ्जमा गठबन्धनका उम्मेदवार १६ हजार मतले अगाडि
वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मत ल्याएका छन् । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ४७४ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १५ हजार ८९५ मतले सिंह अगाडी छन् ।
साथै उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार ५५९ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा लोसपाका झा भन्दा १७ हजार २६० मतले गठबन्धनका उम्मेदवार आलम अगाडी छन् ।
अव ३ वटा वडा मात्रै मतगणना बाँकी रहेकोले आलमको जित निश्चित जस्तै भइसकेको छ । आलम र झा पछि उपप्रमुखका स्वतन्त्र उम्मेदवार रम्भा झाले ३ हजार १६८ र राप्रपाकी उम्मेदवार बिना जैसवालले ४ हजार ३०९ मत प्राप्त गरेकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा अव ३ वटा वडा मात्रै गणना बाँकी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित