
महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

महागढीमाई नगरपालिकामा काँग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा झडप भएको हो । काँग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए । झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । –न्यूज कारखाना
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ