
लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको गणनामा साहले ४३ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याएर पछ्याइरहेकी छन् ।
त्यस्तै एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २४ हजार ५८८ मत ल्याएका छन् । उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता बढाउँदै छन् । डंगोलले ४४ हजार ७०५ मत ल्याउँदा प्रतिस्पर्धी गठबन्धनका तर्फबाट रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ