मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन भरतपुरको मेयर र उपमेयरमा जित नजिक

सोमबार, ०९ जेठ २०७९, ०८ : ५७
सोमबार, ०९ जेठ २०७९

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाल र नेपाली काँग्रेसका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् ।  अब महानगरमा  २१ हजार ६१४ मत गन्न बाँकी छ । 

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६  हजार २२५ मत गणना भइसकेको छ । प्रमुखमा दाहाल ९ हजार ९३० र काँग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि  छन् । मेयरमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । उपमेयरमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएकी छिन् ।

प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुग्नुभएको हो । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९  वडा छन् । यी दुई वडाको मत गणना पछि चार  वडा मात्र गणना गर्न बाँकी रहन्छ ।  महानगरपालिकामा जित नजिक पुगेकी दाहाल निवर्तमान मेयर हुन् । उनलाई काँग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । 

निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन । उनलाई राप्रपाको साथ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप