सत्ता गठबन्धन भरतपुरको मेयर र उपमेयरमा जित नजिक
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाल र नेपाली काँग्रेसका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ । प्रमुखमा दाहाल ९ हजार ९३० र काँग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । मेयरमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । उपमेयरमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएकी छिन् ।
प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुग्नुभएको हो । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ । महानगरपालिकामा जित नजिक पुगेकी दाहाल निवर्तमान मेयर हुन् । उनलाई काँग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ ।
निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन । उनलाई राप्रपाको साथ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ