शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता

सोमबार, ०९ जेठ २०७९, ०९ : ३५
सोमबार, ०९ जेठ २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साह सुडीले  १२ हजार २८३ मत सहित आफ्नो अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव शंकर साह हिराले ९ हजार ३०३ मत ल्याएका छन् भने लोसपाका मनोज चौधरीले ५ हजार १६ मत तथा गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर साहले  ४ हजार ८०६ ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोरी साहले  १४ हजार ८३२ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रुणा देवी झाले  १०५३४ मत तथा रिता कुमारी मिश्रले  ५ हजार २५४ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप