शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खगराजको वडामा समाजवादी र र काँग्रेसको अग्रता

सोमबार, ०९ जेठ २०७९, ०९ : ५८
सोमबार, ०९ जेठ २०७९

नेकपा एमालेका केन्द्रीय  संगठन विभागको प्रमुख खगराज अधिकारीको वडामा एकीकृत समाजवादी र नेपाली काँग्रेस बलियो देखिएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर ३१ मा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ढकनाथ कणेलले अग्रता कायम गरेका छन् । 

नेकपा एमालेको  किल्ला भनेर चिनिएको वडा ३१ मा समाजवादी आचार्यले एमालेका उम्मेदवारलाई ६८ मतले पछि पारेका छन् भने वडा अध्यक्षमा काँग्रेसका कँडेलले १४० मतले पछि पारेका छन् । एमालेका संगठन बिभाग प्रमुखको वडामा नै एमालेको मत कम आउनुलाई चासोका साथ हेरिएको छ । 

एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र वडा अध्यक्षमा रामप्रसाद गुरुङले उम्मेदवारी रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप