
जीतपुरसिमराका मेयरको पहिलो निर्णय : विद्यार्थीलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता

जीतपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि प्रमुख पौडेलले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सवै विद्यार्थीहरुलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
‘नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सबै छात्र/छात्राहरुलाई विद्यालयका प्रधानाध्यापक मार्फत पोशाक उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दछु’, पौडेलको पहिलो निर्णयमा भनिएको छ ।
उनले शहिदहरुप्रति श्रद्धाञ्जली तथा शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखमा विजयी गराउने मतदाताहरूलाई आभार व्यक्त गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ