शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जानी राखौँ : सफलता वा असफलता तयारीमा निर्भर हुन्छ

सोमबार, ०९ जेठ २०७९, १० : ३७
सोमबार, ०९ जेठ २०७९

१, घृणालाई घृणाले जित्दैन, जित्नै सक्दैन । यो भनेको आगोलाई आगोले जित्न खोज्नुजस्तै हो । यदि घृणालाई जित्ने हो भने प्रेमको बाटो अप्नाउनुपर्छ । त्यस्तै असमझदारीलाई असमझदारीले जित्न सक्दैन । यो भनेको रिसलाई रिसले जित्न खोज्नु जस्तै हो । यदि असमझदारीलाई जित्ने हो भने समझदारी र सद्भावको बाटोमा जानुपर्छ । 
गौतम बुद्ध  
२, भगवान् सर्वव्यापी छन्, हुन्छन् तर कतिपय मानिस उनलाई विश्वास नगरी उनीबाहेकका कुरामा विश्वास गरिरहेका हुन्छन् । यही नै दुर्भाग्य हो । किनभने जसले भगवान्मा विश्वास गर्दैन उसले आफूलाई पनि विश्वास गरिरहेको हुँदैन । 
सत्यसाई बाबा 
३, हामी को हौँ र कहाँ छौँ भन्ने कुराले सुखदुःखकोे निरुपण गर्दैन । अपितु केकोबारेमा चिन्तन गर्दैछौँ भन्ने कुराले वास्तविक सुखदुःखको निरुपण गर्न सक्छ । 
डेल कार्नेगी 
४, जीवनमा आस्था आवश्यक छ र मृत्युसम्म पनि गर्नुपर्छ, तर आस्थाको साथमा कर्म पनि आवश्यक हुन्छ । यी एउटै सिक्काका दुई पाटा हुन् । यदि जीवनलाई सर्वोच्चता दिन चाहने हो भने यी दुवै पक्षमा ध्यान दिनुपर्छ । 
जिसस क्राइष्ट 
५, सफलता र असफलता तयारीमा निर्भर हुन्छ । पूर्ण तयारी गरेर गइएको छ भने जस्तोसुकै कठिन काममा पनि सफलता पाइन्छ होइन भने सानै काममा पनि असफलता ब्योहोर्नुपर्ने हुन्छ । 
कन्फ्युसियस 
६, संसारमा न कोही असल छ, न खराब । त्यस्तै न कोही राम्रो छ, न नराम्रो नै ।  उसलाई असल, खराब र राम्रो, नराम्रो बनाउने काम हाम्रा आफ्नै विचारले गर्दछ, गरेको हुन्छ । ंविलियम शेक्सपियर 
७, विचारको शक्ति बिजुलीभन्दा पनि उन्नत हुन्छ । संसारमा जेजति उन्नति र प्रगति भएका छन् वा गरिएका छन् सबै विचारकै उपज हुन् । 
खप्तड स्वामी 
८, अपमान त्यस्तो चीज हो, जसलाई जीवनभर बिर्सन सकिन्न । त्यसैले त्यस्तो स्थानमा कहिल्यै जानुहुँदैन, जहाँ सम्मान हुँदैन । 
आचार्य चाणक्य 
९, परोपकारभन्दा ठूलो अर्को धर्म छैन भने परपीडनभन्दा ठूलो पाप अर्को हुँदैन । धर्म गरे सुख पाइन्छ, पाप गरे दुःख । त्यसैले सुख पाउने कि दुःख पाउने मानिसको आफ्नै हातमा हुन्छ । 
महर्षि वेदव्यास 
१०, बिछोड भन्ने शब्द तिनका लागि हो, जसले आँखाद्वारा मात्र प्रेम गर्छ वा गरेको हुन्छ । आत्मा वा हृदयदेखि प्रेम गर्नेका लागि बिछोड भन्ने शब्द नै हुँदैन । 
रुमी 
११, असन्तुष्ट मानिस संसारभरीकै सम्पत्ति पाए पनि सन्तुष्ट हुँदैन, हुन सक्दैन । उसका लागि सबै व्यर्थ र निरस लागिरहेका हुन्छन् । यही नै उसको असफलताको कारक हो । 
स्वामी विवेकानन्द 
स्रोत विभिन्न पत्रपत्रिका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप