बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा अनर किलिङ : मामामाथि भाञ्जीलाई जबर्जस्ती विष पिलाएको आरोप

सोमबार, ०९ जेठ २०७९, ११ : २८
सोमबार, ०९ जेठ २०७९

भारतको मध्य प्रदेशको राजगढ जिल्लाको प्रहरीले रतनपुरिया गाउँमा १७ वर्षीया किशोरीका मामा र मामाका छोरालाई  ‘अनर किलिंग गरेको आरोपमा पक्राउ गरेको दाबी गरेको छ ।

दुबैमाथि बालिकालाई ‘जबरजस्ती विष पिउन’ बाध्य पारेको आरोप लगाइएको छ ।

जिल्लाको खिलचीपुर प्रहरी चौकीका इन्चार्ज मुकेश गौरका अनुसार नाबालिगको मृत्यु मे १८ गते मृत्यु भएको थियो । जबकी २० मे मा उनका मामा र मामाका छोरालाई प्रहरीले पक्राउ गरेको थियो ।

बाबु–छोराले प्रहरीलाई झुक्याए

गौरका अनुसार किशोरीले आफैंले विष सेवन गरी आत्महत्या गरेको भनेर दुइजनाले प्रहरीमा बयान दिएका थिए ।

तर प्रहरीले मुद्दा समाधान गर्न फरेन्सिक साइन्स ल्याब र फिंगर प्रिन्ट विज्ञको टोलीको सहारा लियो । पक्राउ पर्नेमा अनार सिंह र उनका छोरा पिरु सिंह रहेका छन् ।

यो घटना कुनै  ‘क्राइम थ्रिलर’ भन्दा कम होइन किनभने यसअघि खरचायाखेडीकी यी नाबालिगलाई ‘अपहरण र बलात्कार’ गरेको अभियोगमा देवी सिंह नामका व्यक्तिलाई ‘पोक्सो ऐन’ अन्तर्गत पक्राउ गरी जेल चलान भइसकेका छन् ।

स्थानीयवासीले यसलाई प्रेम सम्बन्धको घटना भनेका छन् । उनका अनुसार देवी सिंहविरुद्ध नाबालिगका घरका सदस्यले त्यतिबेला उजुरी दर्ता गराएका थिए जब उनी घरबाट भागेकी थिइन् किनभने उनी नाबालिग थिइन् त्यसैले देवी स्रिहमाथि अपहरण र पोक्सो एक्टअन्तर्गत मुद्दा दर्ता गरियो र पक्राउ गरियो ।

प्रहरीले बालिकालाई फेला पारेपछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

तर, खिलचीपुर प्रहरी चौकीका अधिकारीहरु घर फर्किएपछि परिवारका सदस्यले उनलाई सम्झाउने प्रयास गरेको बताउँछन् ।

घर फर्किए पनि उनले देवी सिंहसँग बिहे गर्न जिद्दी गरिरहेको खर्चायाखेडी गाउँका बासिन्दाले बताएको प्रहरीले जनाएको छ ।

मामाले केटीलाई गाउँ लगेर गए

यही क्रममा बालिकाको मामा र मामाको छोरा आएर उनलाई आफ्नो गाउँ रतनपुरिया लिएर गएको स्टेशन इन्चार्जले बताए । मामा र परिवारका सदस्यले बालिकालाई देवी सिंहलाई बिर्सन दबाब दिइरहेको स्थानीयले प्रहरीलाई बताए ।

दुवै आरोपीविरुद्ध भारतीय दण्ड संहिताको धारा ३०२, २०१ र ३४ अन्तर्गत खिलचीपुर प्रहरी थानामा मुद्दा दर्ता गरिएको छ।

यस सम्बन्धमा प्रहरीले दर्ता गरेको एफआइआरमा दुवै अभियुक्तले ‘परिवारको इज्जतमा आँच पुर्‍याएको भन्दै युवतीलाई जबरजस्ती विष खुवाएको’ उल्लेख गरिएको छ ।

यस सम्बन्धमा मामा आफैंले प्रहरी चौकीमा उजुरी दिएकाले सुरुमा प्रहरीले यसलाई आत्महत्या नै मान्दै आएको थियो । तर प्रहरी चौकी इन्चार्ज मुकेश गौरले अनुसन्धान अधिकृत घटनास्थलमा गएपछि बालिकाको शव देखेपछि शंका लागेको बताए ।

स्टेसन इन्चार्ज भन्छन्, ‘त्यसपछि कुकुरको टोली, फरेन्सिक ल्याबको टोली र फिंगर प्रिन्ट विशेषज्ञको टोलीले नजिकबाट जाँच गर्दा शंकाको सूई बालिकाको मामा र मामाका छोरामाथि तेर्सियो ।’

प्रहरीले एफआइआरमा दुवै अभियुक्तको ‘कन्फेशनल स्टेटमेन्ट’ पनि रेकर्ड गरेको छ । ‘परिवारको इज्जतका कारण आफूले बालिकालाई विष खुवाएको’ दुवै अभियुक्तले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप