नवजोत सिंहद्वारा जेलको दाल रोटी खान अस्वीकार, अस्पताल लानुपर्यो
भारतीय कांग्रेस नेता नवजोत सिंह सिद्धू आजकाल पटियाला जेलमा बन्द छन् । उनी ३३ वर्ष पुरानो रोड रेज मुद्दामा सर्वोच्च अदालतद्वारा दिएको सजाय काटिरहेका छन् । यसैबीच सिद्धूले जेलमा दाल–रोटी खान अस्वीकार गरेका छन् । उनले पटियालाको राजिन्द्र अस्पताल लगिएको छ । जहाँ उनको स्वास्थ्य परीक्षण गरिँदै छ ।
जेल प्रशासनले मेडिकल बोर्डको गठन गरेको छ । यो बोर्डले सिद्धूका लागि डाइट प्लान तयार गर्नेछ । सिद्धूले आफूलाई गहुँसँग एलर्जी भएका कारण उनले जेलको खाना अस्वीकार गरेका छन् । उनले जेलको दाल–रोटी खाइरहेका छैनन् । उनले सलाद खाएर मात्रै दिन कटाइरहेका छन् ।
सिद्धूले विशेष खानाको माग गरे
सिद्धूलाई गहुँको एलर्जी छ । उनलाई कलेजोको समस्या छ । त्यसैले सिद्धूले जेल प्रशासनसँग विशेष डाएटको माग गरेका छन् । सिद्धूका मिडिया सल्लाहकार सुरिन्दर डल्लाले सिद्धूलाई गहुँसँग एलर्जी भएको बताए । त्यसैले उनले विशेष डाइटको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल