बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शेर्पाद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

सोमबार, ०९ जेठ २०७९, १२ : ४७
सोमबार, ०९ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । असार ६ गते हुने केन्द्रीय चुनावका लागि अध्यक्ष पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

अध्यक्ष शेर्पाको प्यानलले सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारीको घोषणा गरेसँगै उम्मेदवारी दर्ता गराउने छन् । शेर्पा एन्फाका वर्तमान अध्यक्ष हुन् । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि अध्यक्ष पदका लागि पंकज नेम्वाङले उम्मेदवारी दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप