बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दैलेखमा पार्टी पराजित भएपछि उपसचिवले दिए पदबाट राजीनामा

सोमबार, ०९ जेठ २०७९, १३ : ४६
सोमबार, ०९ जेठ २०७९

स्थानीय तह निर्वाचन २०७९ मा दैलेखमा एमालेले आफ्नो लाल किल्लालाई बचाउन सकेन । ०७४ मा ७ वटा पालिकाको नेतृत्व गरेको एमालेले दुईवटा बाहेक सबै गुमायो । जसका कारण दैलेख एमालेभित्र कचकच बढेको छ । एमालेले ०७४ मा जितेका ठाँटीकाँध, भैरवी, महावु, भगवती र चामुण्डा बिन्द्रासैनी नगरपालिका गुमाएको छ भने नयाँ दुई पालिकामा जितेको छ । 

यसरी पालिकाहरु पराजित हुनुमा केन्द्रीय नेताहरुले पार्टीभित्रै अन्तर्घात गरेको स्थानीय कार्यकर्ताहरूको आरोप छ  । विशेषगरी एमालेका जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेलको गृहपालिका दुल्लू नगरपालिकमा एमालेभित्र लफडा बढेको हो । दुल्लुमा एमाले पराजित गर्नुको कारण पार्टी केन्द्रका नेताले अन्तर्घात गरेको भन्दै एमालेको नगर कमिटीले छानविन समिति बनाएको छ । छानविन समिति बनाएपछि एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पार्टीबाट राजीनामा दिएका छन् । उनले एक विज्ञप्तिमार्फत स्थानीय चुनावमा पार्टी पराजय भएको र त्यसको छानविनका लागि अफ्ठेरो नहोस् भन्दै नैतिक हिसाबले पार्टीबाट राजीनामा दिएको बताएका छन् । 

दुल्लु नगरपालिकामा एमालेबाट उम्मेदवार रुद्रबहादुर शाही काँग्रेसका भरत रिजालबाट पराजित भए । पार्टीलाई निर्वाचित गराउनका लागि पार्टीका पोलिटब्युरो सदस्य एवम् जिल्ला इञ्चार्ज पोखरेलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनेको थियो । उक्त कमिटीमा बसेर पार्टीको मत सुरक्षित राख्न सफल भइयो,’ उनले भने,‘ तर दुल्लुको नेतृत्व र विगतका जितेका ठाउँहरुको नेतृत्व कायम राख्न असफल भइयो ।’ 

त्यसका पछाडि धेरै कारणहरु भएको पनि उनले उल्लेख गरेका छन् । दाहालले पार्टीभित्रकै अराजक र प्रणाली विरोधी झुण्डहरूले निर्वाचन हार्नुको कारण भन्दा पनि व्यक्तिगत चरित्र हत्या गरि भोलिको निर्वाचनमा निषेध गर्नका लागि ‘प्रपञ्च’ रचिएको बताएका छन् । साथै दुल्लु नगर कमिटीले बनाएको छानविन समितिलाई विधिभित्र रही स्वच्छ, निष्पक्ष छानविन गर्न विधि र प्रकृयाले अफ्ठेरो नहोस् भनि पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरि राजीनामा पेश गरेको छु,’उनले भने । 

यता एमालेका जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेलले दाहालले आफ्नो वडामा पार्टी पराजित भएको झोँकमा राजीनामा दिएको बताए । ‘हामी जनमतको हिसाबले पहिलो पार्टी नै हो । मेयरमा केही अन्तरले पराजित भएका हौं । अझै पनि एमाले पहिलो शक्ति नै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप