शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

सोमबार, ०९ जेठ २०७९, १४ : २८
सोमबार, ०९ जेठ २०७९

ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए । वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।  

उक्त घटनामा संग्लन रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप