बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो

सोमबार, ०९ जेठ २०७९, १४ : ४०
सोमबार, ०९ जेठ २०७९

कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । 

अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा  कोभिड–१९ महामारीले हरेक ३० मिनेटमा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख मानिस चरम गरिबीमा धकेलिने उल्लेख छ । 

प्रतिवेदनअनुसार खाद्य र उर्जा क्षेत्रका अर्बपतिहरूले प्रत्येक दुई दिनमा १ अर्ब डलरले आफ्नो रकम बढाइरहेका छन् किनकी महत्वपूर्ण वस्तुहरूको मूल्य दशकौँको तुलनामा द्रुत गतिमा बढेको छ ।

कोभिड–१९ पछि पहिलो पटक व्यक्तिगत रूपमा डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन भइरहेका बेला प्रतिवेदन सार्वजनिक भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय परोपकारी संस्थाले कम भाग्यमानीहरूलाई मद्दत गर्न धनीहरुलाई कर लगाउने समय भएको तर्क गरेको छ । 

कोभिड र बढ्दो मूल्य बृद्धिका कारण २६ करोड ३० लाख मानिसहरू यसै वर्ष चरम गरिबीमा धकेलिने अक्सफामले अनुमान गरेको छ । यस हिसाबले हरेक ३३ घन्टामा १० लाख मानिस गरिबीमा धकेलिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप