बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

हरिवंश आचार्य नेपालका लागि बीवाईडीको सद्भावना दूत नियुक्त

सोमबार, ०९ जेठ २०७९, १४ : ४८
सोमबार, ०९ जेठ २०७९

हरिवंश आचार्य सिनेम्याक्स इंक प्रा. लिका सद्भावना दूतमा नियुक्त भएका छन् । सिनेम्याक्स इंक नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक हो । शुक्रबार आयोजित बीवाइडी डिलर्स २०७९ मा सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

‘हालको परिस्थितिले हामी विद्युतीय गाडीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गर्दछ किनकि विश्वव्यापी रूपमा मानिसहरूले इन्धनमार्फत् चल्ने कारहरू अप्रभावी र ग्रहका लागि ठूलो खतरा भएको महसुस गरिरहेका छन् । सडकमा यस्ता सवारी साधनहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छ,’ हरिवंश आचार्यले भने

कम्पनीले सद्भावना दूतको सन्देशले विद्युतीय गतिशीलता र यसका फाइदाबारे देशभरीका मानिसहरु चेतना जगाउन सहयोग गर्ने र कम्पनीको ब्रान्ड निर्माण र ग्राहकहरुको विश्वास प्राप्त गर्न सहयोग पुर्याउने बताएको छ ।

कम्पनीले भनेको छ, ‘पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको वर्तमान परिदृश्यमा हामी इन्धन संकट, जलवायु र वातावरणीय समस्याहरूको दीर्घकालीन समाधान, विद्युत उत्पादन क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्न चाहन्छौं । र कम्पनीको मुहारको रूपमा हरिवंश आचार्यको साथमा हामी निकट भविष्यमा नेपाललाई विद्युतीय बनाउन विद्युत क्रान्ति गर्ने लक्ष्य राख्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप