शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डल्फिनले पनि गर्छ आफ्नो छालाको स्याहार, यो चिज प्रयोग गर्छ

सोमबार, ०९ जेठ २०७९, १५ : २०
सोमबार, ०९ जेठ २०७९

डल्फिनबारे कुरा गर्नुपर्दा यी निकै समझदार र चञ्चल जनावर हुन् । समझदार यतिसम्म कि यिनीहरुले मानिसले झैँ आफ्नो छालाको ख्याल राख्न जानेका हुन्छन् । यसका लागि यिनीहरुले कोरल वा समुद्री स्पोन्ज वा खस्रो सहतमा आफ्नो छाला रगढ्ने गर्छन् ।

स्विटजरल्याण्डको ज्यूरिख युनिभर्सिटीकी वाइल्डलाइफ जीवनविज्ञानी एन्जेला जिल्टनर र उनको समूहले सन् २००९ देखि उत्तरी रेड सीमा ३६० इन्डो प्यासिफिक बोतलनोज डल्फिनमाथि अनुसन्धान गरिरहेकी थिइन् । आफ्नो अनुसन्धानमा उनले पाइन् कि कोरल वा समुद्री स्पोन्जमार्फत् ब्रश गराउनका लागि डल्फिन समुद्रको पिँधमा जाने गर्छन् ।

आइसाइन्समा प्रकाशित भएको एक शोधमा इन्भर्टिब्रेट्स एन्टीब्याक्टेरियल कम्पाउन्ड बनाउँछन् । बोतलनोज डल्फिन कोरलको मद्दतले आफ्नो छालाको रोगलाई आफैँ निको बनाउन सक्छन् ।

शोधकी मुख्य लेखिका एन्जेलाका अनुसार उनीहरु कोरलसम्म मात्रै पुग्छन् भन्ने होइन । तिनीहरु माथि जान्छन्, त्यसपछि फेरि तल आउँछन् र आफ्नो पेट र पिठ्यूँलाई कोरलमार्फत् रगड्छन् । डल्फिनको छाला मोटो, चिल्लो र लचिलो हुन्छ तर तिनीहरुलाई पनि छालासम्बन्धि रोग लाग्न सक्छ । यिस्ट र ब्याक्टेरियल संक्रमण, चोट वा भाइरल पक्स इन्फेक्सनका कारण ट्याटुजस्ता घाउ हुनसक्छन् । तापक्रम बढ्दा यो रोग थप बढ्ने गर्छ ।

शोधकर्ताका अनुसार डल्फिनले नियमित रुपमा यस्तो क्रियाकलाप गर्छन् । बिहान उठेलगत्तै र सुत्नु अघि तिनीहरु कोरलमा आफ्नो शरीर रगड्छन् । उनीहरु कुनै हतार नगरी, निकै धैर्यताका साथ एकपछि अर्को गर्दै कोरलमा शरीर रगड्छन् । यसरी रगड्दा कोरलबाट पलिप म्यूकस निस्कन्छ ।

अनुसन्धानकर्ताले डल्फिनले आफ्नो शरीरको कुन हिस्सालाई कुन कोरलले रगड्ने भनेर छान्न निकै सावधानी अपनाउँछन् । अनुसन्धानकर्ताले डल्फिनले छानेका कोरल, स्पन्ज म्यूकसका ४८ नमूनाको ल्याब टेस्ट गरे । नतिजामा कम्तीमा १७ बायोएक्टिभ मेटाबोलाइट्सबारे पत्ता लाग्यो जसमा एन्टीब्याक्टेरियल, एन्टिअक्सिडेन्ट र एस्ट्रोजनजस्ता हर्मोनल गुण थिए । यी सबैले छालाको उपचारमा मद्दत गर्न सक्छ ।

अनुसन्धानमा पत्ता लागे अनुसार केही कोरल र स्पन्जमा एन्टीमाइक्रोबियलजस्ता थुप्रै औषधीय गुण हुन्छन् । जर्मनीमा जस्टस लिबिग युनिभर्सिटी गिसेनका केमिस्ट गट्र्रूड मोरलकका अनुसार यदि कुनै संक्रमण छ भने यी मेटाबोलाइट्सले निकै मद्दत गर्छ । यदि डल्फिनको छालामा संक्रमण हुन्छ भने यी तत्वमा उपचार गर्ने गुण हुनसक्छ ।

डल्फिनमा स्वास्थ्य र आयुको अध्ययन गरिरहेको समुद्री जीवविज्ञानी स्टेफनी वेन–वाटसनका अनुसार डल्फिन स्वभावले चञ्चल र टेक्सटाइल जनावर हो जसलाई रगडिन मनपर्छ त्यसैले डल्फिनले औषधीय गुणका लागि कोरलको प्रयोग गर्छ भनेर किटान गर्न मुश्किल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप