बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘फर्गेट एस्टर्डे’ को लोकार्पण

सोमबार, ०९ जेठ २०७९, १५ : ३९
सोमबार, ०९ जेठ २०७९

कवि मीना श्रेष्ठको कविता कृति ‘फर्गेट एस्टर्डे’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घ र अमेरिका–नेपाल साहित्य प्रतिष्ठानले आइतबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सो कृति लोकार्पण गरिएको हो । 

उक्त कविता कृतिमाथि नाटककार अशेष मल्ल र साहित्यकार बबिता बस्नेतले समीक्षात्मक मन्तव्य राखेका थिए ।  साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अमेरिका–नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाको उपस्थिति थियो । 

सो कार्यक्रममा शान्ता चौधरीले आफ्नो मन्तव्यसहित लोकार्पित कृतिभित्रको कविता ‘म शान्ता चौधरी’ वाचन गरेकी थिइन् भने कवि एवं पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले विमोचित कृतिभित्रका एकएक कविता वाचन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप