
रौतहटका तीन पालिकामा एकीकृत समाजवादीका उमेदवार विजयी

रौतहटको बृन्दाबन नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उमेदवार विजयी भएका छन् । यससँगै सो पार्टीले विजय हासिल गरेका स्थानीय तहको संख्या तीन पुगेको छ ।
बृन्दाबन नगरपालिकामा समाजवादीका उम्मेदवार बिनोद पटेल फराकिलो मतको अन्तरले निर्वाचित भएका छन् । उनले कुल ६ हजार १ सय १२ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तथा बृन्दाबनका निवर्तमान मेयर रामस्नेही यादवले कुल ४ हजार ६ सय ७८ मत प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा समाजवादीकी उमेदवार संगिता देवि राम निर्वाचित भइन् । यसअघि गौर नगरपालिकामा समाजवादीबाट मेयरमा शम्भु साह र राजदेवी नगरपालिकामा समाजवादीकै भिखारी यादव निर्वाचित भएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ