बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध धनगढी बनाउन नवनिर्वाचित जनप्रतिनिधीहरुलाई चन्दको आग्रह

सोमबार, ०९ जेठ २०७९, १६ : ३९
सोमबार, ०९ जेठ २०७९

धनगढी उपमहानगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रहेका रणबहादुर चन्दले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता चन्दले पार्टीको प्रतिवद्धता पत्रको मर्मअनुसार कार्य गर्न नवनिर्वाचित नगर नेतृत्वहरुलाई सुशासनसहितको समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका हुन् । 

 ‘नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालगायत १९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई बधाईसहित उत्कृष्ट कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु’ उनले भने ‘शुशासनसहितको समृद्ध धनगढी बनाउन साथ सहयोग र सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता गर्दछु ।’ उनले छोटो प्रचार प्रसारको समय, स्वतन्त्र उम्मेदवारको पाँच वर्षदेखिको पूर्वतयारी, नेकपा एमालेलाई पाँच दलीय गठबन्धनमार्फतको चौतर्फी घेराबन्दी र लामो समय पार्टीको एकता–विभाजन जस्ता कार्यले प्रमुख पदमा हार व्यहोर्नु परेको बताए ।

 ‘अव्यवस्थित, कमजोर पार्टी संगठन र प्राविधिक कमि कमजोरी लगायतका कारणबाट यस निर्वाचनमा मैले सफलता प्राप्त गर्न सकेन’ उनले भने –‘व्यक्ति वा दलको सफलता वा असफलता मुख्य कुरा होइन मुख्य कुरा हामीले ठूलो बलिदानी र संघर्षबाट स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सफलता प्राप्त गरेको छ ।’ 

उनले आफू पराजय व्यहोर्नुभन्दा पनि नगर उपप्रमुखसहित छ वटा वडामा वडा अध्यक्षसहित सदस्यहरु निर्वाचित हुनुमा विजयी भएको बताए । ‘२०७४ को निर्वाचनमा हामीले उपप्रमुख निर्वाचित गर्न सकेका थिएनौं । अहिले उपप्रमुखसहित छ वडामा हाम्रा उम्मेदवार विजयी भएका छन’ उनले भने –‘यसले हाम्रो पार्टीलाई धनगढीमा थप बलियो र सशक्त बनाएको छ । पार्टीभित्र सुधार हुँदै गइरहेको छ ।’ उनले निर्वाचनलाई सफल बनाउन खटिएका कर्मचारीदेखि आम मतदातालाई सम्पूर्णप्रति आभार पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप