बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका कार्यकर्ता पक्राउपछि भरतपुरको मतगणनास्थलमा तनाव, पत्रकारमाथि दुर्व्यवहार

सोमबार, ०९ जेठ २०७९, १६ : ४४
सोमबार, ०९ जेठ २०७९

भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो । 

एमालेको दवावपछि प्रहरीले उनलाई केहीबेरमा छाडेपनि तनाव जारी रहेको छ । तनावको माहोलको फोटो तथा भिडियो खिच्ने क्रममा एमालेका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । उनीहरुले ग्यालेसी टिभीको बुम खोस्दै क्यामेराबाट छायाँकनमा समेत अवरोध गरेका छन् । 

सञ्चारमाध्ययमले अनावश्यक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै एमाले कार्यकर्ता लक्ष्मी खत्रीलगायतले दुर्व्यवहार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप