
बागमती गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने

ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन् ।
उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए । उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने समेत निर्णय भएको छ । शपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुवाएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ