मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजश्व चुहावट गर्ने निरज ट्रेडर्सविरुद्ध १६ करोड मागदाबीसहित मुद्धा दायर

सोमबार, ०९ जेठ २०७९, १७ : १५
सोमबार, ०९ जेठ २०७९

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने निरज ट्रेडर्सविरुद्ध करोडौं रकम मागदाबी गर्दै मुद्धा दायर गरेको छ । विभागले चितवनमा व्यवसाय गर्ने ट्रेडर्सका सञ्चालकहरू श्रीराम ठाकुर र जटशंकर जैसवालविरुद्ध मुद्धा दायर गरेको हो ।

जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बीजक खरिद गरेर वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरेर  कम्पनीले राजश्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ । राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा ३ ले सोही ऐनको दफा ४(क) र (झ) बमोजिम कसुर गरेको पुष्टी हुन आएको छ ।

कम्पनीले २ करोड ४१ लाख ३५ हजार ९४१ रुपैयाँ मूल्य अभिवृद्धि कर र ५ करोड ५७ लाख १६ हजार ६१२ रुपैयाँ आयकर गरी कूल ७ करोड ९८ लाख ५२ हजार ५५३ रुपैयाँ राजश्व चुहावट गरेको थियो । त्यसैले, सोही रकमबराबरको जरिवाना रकमसहित कूल १५ करोड ९७ लाख ५ हजार १०६ रुपैयाँ मागदाबीसहित अदालतमा मुद्धा दायर भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप