शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घोडाघोडी नगरपालिकामा नवनिर्वाचित प्रमुखले सम्हाले पदभार

सोमबार, ०९ जेठ २०७९, १७ : ३०
सोमबार, ०९ जेठ २०७९

कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनीयताको सपथ लिएपछि घोडाघोडी नगरपालिकाको कार्यकक्षमा पुगेर पदभार सम्हालेका हुन् ।

उनी नगरपालिका पुग्दा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । रावतले आर्थिक वर्षभित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् ।

रावतसमक्ष प्रमुख प्रशासकीय दिपककुमार आचार्यले पेश गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९ देखी लागू हुने गरी भूमि सम्बन्धी समस्या समाधान आयोग, लागत संकलन इकाईबाट भूमिहिन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको लागत संकलन गर्ने कार्य सम्पन्न भई तथ्याङ्क प्रविष्ट कार्य भइरहेकाले उक्त कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने गरी आवश्यक कार्य अगाडि बढाइने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप