
वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा अध्यक्ष बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ