
चरासँग ठोक्किएको जजीरा विमानले उडान भर्दै

अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजीरा एयरको विमानले अहिले उडान भर्दै छ । काठमाडौंबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमान स्थलका प्रमुख गोबिन्द दाहालले रातोपाटीलाई बताए ।
उनले भने ‘विमान ठिक-ठाक छ । त्यही अनुसार रिपोर्ट पनि आएको छ, अहिले यात्रुहरु चढ्दै छन् अव उड्छ ।’ यसअघि राति अवतरणको क्रममा जजीरा एयरलाइन्ससँग चरा ठोकिएको थियो । विमानको नोज र इन्जिन नजिक रगत देखिए पछि काठमाडौंबाट प्राविधिक आएका थिए । जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका राखेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ