अखिल क्रान्तिकारीद्वारा पेट्रोलियमको मूल्यवृद्धिको विरोध
सोमबार, ०९ जेठ २०७९, १८ : ४९
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।
विरोध पर्दशनमा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । उनले सरकारले मूल्यवृद्धि फिर्ता नगरे यसअघि जस्तो विरोध नभई निर्णयका आन्दोलन गर्ने बताए । आन्दोलनका एजेण्डा तय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक जारी रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा