बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घर–घरमा यौन हिंसा छ : मन्त्री रेग्मी

सोमबार, ०९ जेठ २०७९, १९ : १३
सोमबार, ०९ जेठ २०७९

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।

उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने अपराधी छिमेकी देश तथा अन्य देश भागेर आफ्नो बचाउ गर्न सक्ने भन्दै यो  हदम्याद राख्न नहुने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप