बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन साहले भने - फिल्मसहित कला संस्कृतिको संरक्षण गर्छु

सोमबार, ०९ जेठ २०७९, १९ : ३३
सोमबार, ०९ जेठ २०७९

काठमाडौं महानगरपालिकाको सोमबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । राष्ट्रिय सभागृहमा मत गणना जारी रहेको अवस्थामा बालेन भने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

यस्तैमा सोमबार उनी फिल्म ‘चिसो मान्छे’को कार्यक्रममा समेत पुगेका छन् । निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्दै निर्माण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा आफू मेयर भएर आए फिल्मसहित कला संस्कृतिको समेत संरक्षण गर्ने बताए । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बालेनलाई मेयर निर्वाचित भएमा फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरेका थिए । जसको जवाफमा बालेनले कोरोनाले थलिएको फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भएर आए एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने बताए ।

चलचित्रका कलाकार, निर्माण युनिट समेतको उपस्थिती रहेको कार्यक्रममा फिल्मको ट्रेलर समेत देखाइएको थियो । ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् । कर्णालीको जीवनसंघर्ष, रहनसहन र वैदेशिक रोजगारीको कथामा बनेको फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन छ । दीर्घ खड्काको सम्पादन रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म ३ असारदेखि देशभरका सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप