शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्छु : मेयर साह

सोमबार, ०९ जेठ २०७९, २० : ०४
सोमबार, ०९ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन् ।

साह काँग्रेसका बागी उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए ।  उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरेको भन्दै स्वतन्त्रबाट नवनिर्वाचित मेयरले पार्टीमा किन फर्किने भनि प्रतिप्रश्न समेत गरे ।

यस्तै उनले जनकपुरधाममा एक वर्षमा लैण्डफिल्ड साइटको निर्माण गर्ने बताए । उनले जनकपुरधाम धार्मिक पर्यटकीय नगरी भएकाले यसको विकासका लागि टेक्निकलरुपमा अघि बढ्नु पर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप