
बुधबारबाट ‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’

दर्शकले अब नयाँ कमेडी टेलिभिजन शो ‘कमेडी हब’ हेर्न पाउने भएका छन् । कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले आफ्नो निर्देशनमा शो ल्याउन लागेका हुन् ।
बुधबारबाट सुरु हुने शोको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ भयो । जसको शुभारम्भ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले गरे । कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको शोमा प्रस्तुति रहनेछ ।
एपीवान टेलिभिजनबाट साँझ ८ बजे प्रसारण हुने शोमा नयाँ पुस्ताका कमेडी कलाकार समेत देखिने छन् । मिडिया हब निर्माता रहेको शो उत्पादनमा केदारलाई कलाकार राजा राजेन्द्रको समेत सहकार्य रहनेछ । जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृखंला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिनेछ । कार्यक्रममा महजोडी, मनोज गजुरेल, जीतु नेपाल, दीपक राज गिरी लगायतले शोको सफलताको शुभकामना दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ