शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीम रावलको गृहनगरको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी विजयी

सोमबार, ०९ जेठ २०७९, २० : २६
सोमबार, ०९ जेठ २०७९

नेकपा एमालेका नेता भीम रावलको गृहनगर समेत रहेको अछामको साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका राजेन्द्रबहादुर कुँवर ७ हजार २६५ मतसहित विजयी भएका हुन् ।

कुँवरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।  नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । उनले ६ हजार ४३४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत मात्र प्रात गरे ।  

साँफेबगरको मेयर र उपमेयरमा काँग्रेस-एकीकृत समाजवादी र एमाले-माओवादी केन्द्रबीच तालमेल भएको थियो । त्यसमा काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनले नतिजा हात परेको छ ।

०७४ मा मेयर र उपमेयर जितको एमालेले यसपटक दुबै पद गुमाएको छ । यसपटक काँग्रेसले नगर प्रमुखसहित ८ वडा अध्यक्ष जितेको छ । एमाले ३ वडामा सीमित हुँदा एकीकृत समाजवादीले उपप्रमुखसहित १ वडा जितेको छ । भीम रावलको गृह वडा गरी २ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप