ad
x

राजीव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पौडेलले अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।


यस अघि सोमबारै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तमान अध्यक्षसँग असन्तुष्ट रहेको पंकज विक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदकै लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । निर्वाचनका लागि  जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लबसँग मताधिकार रहेको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।