शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी

सोमबार, ०९ जेठ २०७९, २० : ४४
सोमबार, ०९ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७,९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप