शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको देवाही गोनाहीमा एमालेका मेयर उपमेयर विजयी

सोमबार, ०९ जेठ २०७९, २१ : ०२
सोमबार, ०९ जेठ २०७९

रौतहटको देवाही गोनाही नगरपालिकामा एमाले पार्टीका मेयर र उपमेयरको उम्मेदवार विजयी भएका छन् । जसपाबाट मेयरका उम्मेदवारलाई ९ सय बढी मतले पराजित गर्दै एमालेका प्रेमलाल साह कानु मेयर पदमा विजयी भएका हुन् ।

कानुले ४ हजार २ सय ९२ कुल मत प्राप्त गरे ।  पूर्व मन्त्री प्रभु साहको संसदीय निर्वाचन क्षेत्र अन्तर्गत देवाही गोनाहीका निवर्तमान मेयर धर्मेन्द्र पटेलका श्रीमती तथा जसपा उम्मेदवार मधुकारानी देवी पटेलले ३ हजार ३ सय ९७  मत ल्याइन् । निवर्तमान मेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाई पाउन नसकेपछि आफ्नो श्रीमती रानी पटेल लाई मेयरको उम्मेदवार बनाएका थिए । 

माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय भूमिकामा रहेका प्रेमलाल २०७४ को निर्वाचनमा माओवादीको टिकटबाट चुनाव लड्दा निवर्तमान मेयर पटेलसँग पराजित भएका थिए । तत्कालीन नेकपा विभाजन हुँदा उनले एमाले रोजेका थिए । त्यसैगरी अघिल्लो निर्वाचनमा माओवादीकै टिकट बाट देवाही गोनाहिको उपमेयर बनेकी परनिया देवी पटेल यसपटक एमालेको टिकटबाट पुनः निर्वाचित भएकी छिन् । उनले ४ हजार ४ सय ४५ कुल मत प्राप्त गरेर उपमेयरमा विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी जसपाका उपमेयर उम्मेदवार ईश्वरी लाल यादवले ३ हजार ५ सय ८० मत प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप