शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कटहरियाका मेयरको पहिलो निर्णय : १ देखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन

सोमबार, ०९ जेठ २०७९, २१ : १४
सोमबार, ०९ जेठ २०७९

रौतहटको कटहरिया नगरपालिकाका नवनिर्वाचित मेयर अजय प्रकाशले सोमबार पहिलो बैठकबाट कटहरियामा कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम बाट पठनपाठन गराउने निर्णय गरेका छन् । मेयर लगायतका जनप्रतिनिधिले सोमबार शपथग्रहण गरे लगत्तै बसेको नगरपालिकाको बैठकमा सो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताएका छन् ।

मेयर अजय प्रकाशले कटहरिया नगरपालिकामा शिक्षा स्वास्थ्य लाई विशेष प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन् । मेयर  प्रकाशले जिल्ला न्यायाधीश काजीबहादुर राईसँग शपथ लिएपछि नवनिर्वाचित उपमेयर रिता देवी यादव , वडाध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप