
नेपाल विदेशी लगानीकर्ताको लगानीयोग्य मुलुकको सूचीमै पर्दैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल विदेशी लगानीकर्ताको लगानी सूचीमै नपर्ने गरेको बताएका छन् । उनले नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘मेक इन नेपाल’ समिटमा बोल्दै विविध कारणले लगानी सूचीमै नपर्ने बताएका हुन् ।
गभर्नर अधिकारीले नेपालको लगानी वातावरण, अस्थिर कर प्रणाली र अस्थिर नीतिले गर्दा लगानीको सूचीमा नपरेको बताए । ‘लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्नु पूर्व विशेष सेवा खोजेको हुन्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष वैदेशिक लगानीमा लगानीकर्ताले खोजेअनुसार विशेष सेवा प्रवाह गर्नुपर्छ ।’
विदेशी लगानीकर्ताको लगानी सूचीमै नपर्ने भएकाले नेपाल आउने लगानी सानातिना हुने गरेको र ठूला तथा महत्त्वपूर्ण लगानी नआउने गरेको गभर्नर अधिकारीले बताए । उनले भने, ‘लगानीकर्ताले खोजेको सेवा विशेष हुनुपर्छ । त्यसैले प्रत्यक्ष वैदेशिक लगानीमा लगानीकर्ताले खोजेअनुसार विशेष सेवा प्रवाह गर्नुपर्छ । आईबीएनले सन् २०१७ र १९ मा आयोजना गरेको लगानी समिटले नेपाललाई लगानीको मामिलामा धेरै अघि बढाएको छ । यसले एक खालको माहौल बनाएको थियो । नेपाल विदेशी लगानीकर्ताको लगानी सूचीमै पर्दैन । हाम्रो रेटिङ नै भएको छैन । यो मुलुक लगानीकर्ताको सूचीमै पर्दैन। त्यसैले यहाँ साना लगानी आउँछन् ठूला र महत्त्वपूर्ण लगानी आउँदैन । लगानीकर्ताले स्थिर नीति खोजिरहेको हुन्छ । आज लगानी गरेपछि भोलिको १० वर्षपछि कर र राज्यको नीति कस्तो होला भनेर खोज्छन् ।’
उनले थपे, ‘विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न सहजीकरण गर्नुपर्छ । एकलविन्दु सेवा केन्द्र छ । त्यहाँबाट सबै काम सम्पन्न गर्नुपर्छ । त्यसैले त्यसलाई प्रभावकारी गर्नुपर्छ । लगानीकर्ताले धेरै झन्झट बेहोर्नुपर्ने हुन्छ । यद्यपि, नेपाल लगानी बोर्डले सन् २०१७ र १९ मा आयोजना गरेको ‘लगानी सम्मेलन’ले विदेशी लगानीकर्ता माझ नेपालमा लगानीको ढोका खोलेको उनले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ