बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निःशुल्क शव वाहनको व्यवस्था गर्ने सुन्दरबजार नगरपालिकाको पहिलो निर्णय

सोमबार, ०९ जेठ २०७९, २१ : ४५
सोमबार, ०९ जेठ २०७९

लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगरबसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले बताए ।

उनले भने जिल्लामै शव वाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस छ यसको सही व्यवस्थापन हुन सकेको छैन । यहाँ शव वाहनको निकै आवश्यकता छ । नगरवासीको आवश्यकतालाई मध्यनजर गदै नगरवसलाई शव वाहनको व्यवस्था गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप