शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट ६ जना जुवाडे पक्राउ

सोमबार, ०९ जेठ २०७९, २२ : ०१
सोमबार, ०९ जेठ २०७९

ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । चाँगाथली स्थित विष्णु बस्नेतको घरमा अवैध रुपमा जुवा खेलीरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका ४५ वर्षीय कृष्ण थापा, ४८ वर्षका राजेन्द्र कार्की, ४७ वर्षीय विष्णु बस्नेत, ४८ वर्षीय रुपक भारती, ४० वर्षीय सुमन भण्डारी र ५८ वर्षीय राम गोबिन्द महर्जन छन् । जुवा खालबाट १ लाख ६९ हजार नगद बरामद गरिएको एसपी शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप