
सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर हराएका युवक भैँसेपाटीमा फेला
ललितपुरको सातदोबाटोबाट आइतबार साँझदेखि बेपत्ता युवक भैँसेपाटीमा फेला परेका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षामा अध्ययनरत सरोज माबो लिम्बु भैँसेपाटीमा अर्धचेत अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।
आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे– ‘संसारबाट बिदा लिने समय भयो । साथीहरु, तिमिहरुसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?’ साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए ।
भैँसेपाटीस्थित पिपलबोटमा भेटिएका लिम्बुले विष पिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मुसा मार्ने विष खाएको अवस्थामा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाएको छ । उनी परिवार र साथीभाईसँग छुट्टिएर फर्पिङको जंगल हुँदै भैंसेपाटीमा पुगेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ