बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं. १ मा ५ हजार ८६४ जनप्रतिनिधि निर्वाचित, सबैभन्दा धेरै एमालेबाट

सोमबार, ०९ जेठ २०७९, २२ : ३०
सोमबार, ०९ जेठ २०७९

प्रदेश नं. १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ५ हजार ८६४ निर्वाचित भएका छन् । सो प्रदेशमा नेकपा (एमाले) ले प्रमुख पदमा १८, अध्यक्षमा २४, उपप्रमुखमा २५, उपाध्यक्षमा २९, वडा अध्यक्षमा ४६४, महिला सदस्यमा ५३७, दलित महिला सदस्यमा ५२३ र सदस्यमा १ हजार ६५ गरी अन्य दलभन्दा धेरै २ हजार ६८५ पदमा निर्वाचित भएका छन्।

नेपाली काँग्रेसले प्रमुखमा २१, अध्यक्षमा ४४, उपप्रमुखमा ११, उपाध्यक्षमा ३५, वडा अध्यक्षमा ५५४, महिला सदस्यमा ४३१, दलित महिला सदस्यमा ४२५ र सदस्यमा ८६६ गरी कूल २ हजार २८७ पदमा जित हासिल गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्षमा १२, उपप्रमुखमा ४, उपाध्यक्षमा १५, वडा अध्यक्षमा १२३, महिला सदस्यमा ५८, दलित महिला सदस्यमा १०५ र वडा सदस्यमा १७८ गरी कुल ५३५ स्थानमा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी, नेपालले अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा २०, महिला सदस्यमा १९, दलित दलित महिला सदस्यमा २४, वडा सदस्यमा ४५ गरी ११२ पद जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले प्रमुखमा १, अध्यक्षमा १, उपप्रमुखमा १, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २०, महिला सदस्यमा १५, दलित महिला सदस्यमा १७ वडा सदस्यमा ४१ गरी कुल १०० पदमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप