बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालको मत ५० हजार नाघ्यो

मङ्गलबार, १० जेठ २०७९, ०६ : २९
मङ्गलबार, १० जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो छ । मंगलबारसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् । 

रेनु दाहाल ५१ हजार ११२ मत ल्याउँदा एमाले​-राप्रपा गठबन्धनबाट एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् । उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मतसहित पछ्याई रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप