शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी नगरपालिका मेयरमा काँग्रेस र उपमेयरमा एमाले निर्वाचित

मङ्गलबार, १० जेठ २०७९, ०६ : ४७
मङ्गलबार, १० जेठ २०७९

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा  काँग्रेस र उपमेयरमा  एमाले विजयी भएको छ । कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए ।  गुप्ताले ५ हजार ५९६ मत पाए ।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप