बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हत्याको आरोपमा दुई पक्राउ

मङ्गलबार, १० जेठ २०७९, ०७ : १५
मङ्गलबार, १० जेठ २०७९

एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् ।  

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा  पक्राउ गरिएको हो  । यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप