
आईपीएल : पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मंगलबार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कोलकत्तामा दुई टोलीबीचको क्वालिफायर खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै दुबै टोली फाइनलमा पुग्ने योजना छन् ।
तर, तुलनात्मक हिसावमा राजस्थानभन्दा गुजरात बलियो टोली हो । लिग चरणको खेलजमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको थियो । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न खेल्ने छ ।
गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । यता १८ अंक जोडेर राजस्थानले क्वालिफायरमा खेल्न लागेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ