शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई हाई–टेक हतियार पठाउन राजी भए अमेरिकासहित २० भन्दा बढी देश

मङ्गलबार, १० जेठ २०७९, १० : १०
मङ्गलबार, १० जेठ २०७९

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले युक्रेनको सेनाको मद्दतका लागि करिब २० देश थप हतियार दिनका लागि अग्रसर भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार विश्वका करिब ५० देशका नेताहरूले भर्चुअल बैठक गरे र युक्रेनलाई हार्पुन लन्चर-मिसाइलसहित धेरै उन्नत हतियार दिन सहमत भए ।

बैठक पछि, अस्टिनले मिडियाको सामू डेनमार्कप्रति कृतज्ञता व्यक्त गरे, जसले युक्रेनलाई हार्पुन एन्टी-शिप मिसाइलहरू दिने वाचा गरेका छन् । यसले युक्रेनको आक्रमण क्षमतालाई धेरै गुणा बढाउने विश्वास गरिएको छ ।

अमेरिकाका सबैभन्दा वरिष्ठ सैन्य अधिकारी जनरल मार्क मिलेले पनि युक्रेनमा अमेरिकी हतियार प्रशिक्षकहरू पठाउने विषयमा अधिकारीहरूबीच छलफल जारी रहेको बताए । यद्यपि, उनले अहिले अमेरिकाले आफ्ना सैनिकलाई युद्धमा नपठाउने पनि जोड दिए ।

युक्रेनमा रुसी आक्रमण हुनुअघि नै अमेरिकाले त्यहाँ रहेका आफ्ना केही सैनिक फिर्ता लिएको थियो । तर, मिलिले युक्रेनमा रहेको अमेरिकी दूतावासको सुरक्षाका लागि केही सेना किभ पठाउन सकिने पनि स्पष्ट पारे ।

अमेरिकाले किभमा आफ्नो दूतावास आंशिक रूपमा खोलेको छ । त्यसयता अमेरिकाले आफ्नो सुरक्षाका लागि युक्रेनमा समुद्री सुरक्षा बल फिर्ता पठाउने हो कि होइन भन्ने प्रश्न उठिरहेको छ । जनरल मिलिले युक्रेनमा विशेष अपरेशन फोर्स पठाउने सम्भावनालाई पनि अस्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप