बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धको जन्मस्थानबारे भ्रम सकियो : मन्त्री कार्की

मङ्गलबार, १० जेठ २०७९, १० : २७
मङ्गलबार, १० जेठ २०७९

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित र मन्तव्यले गौरवान्वित भएको बताएका हुन् । 

बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरी बुद्ध नेपाल मै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाइँ जितेको रूपमा उल्लेख गरेका छन् । ‘यसले पनि विश्वका कतिपय पर्यटकहरूमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम हटेको छ, मन्त्री कार्कीले भने, यस पटकको बुद्ध जयन्ती केवल जन्म जयन्तीको निरन्तरता मात्र होइन, विश्वमै हामी विजय उत्सव पनि मनाइरहेका छौँ ।’

मन्त्री कार्कीले विदेशमा बसेका नेपालीहरूलाई महिनाको एक दिन देशका लागि बुद्धको दूत बनिदिन पनि आग्रह गरे । मन्त्री कार्कीले भने, ‘हामीले प्रधानमन्त्रीको शारीरिक कमजोरीको कुरा धेरै लेख्यौँ । स्थानीय निर्वाचनबारे लेख्यौँ तर देशले विजय प्राप्त गरेको खुसीयाली साट्न बिर्सियौँ । प्रधानमन्त्रीको सकारात्मक सफलताबारे अनभिज्ञ रहनु र देशले विजय गरेको कुरा महत्त्व नदिनु विडम्बना रह्यो ।’ बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको यो पाँचौँ संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप