शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्यमोहन जोशीलाई सम्मान

मङ्गलबार, १० जेठ २०७९, १० : ५९
मङ्गलबार, १० जेठ २०७९

महालक्ष्मी विकास बैंकले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवद्र्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रम बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले अभिनन्दन गरेका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहेको बताए ।  २८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु समेत आयोजना गरेको छ ।  एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप